काठमाण्डौ –
गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अब थापा नेतृत्वको कार्यसमितिलाई काम गर्न सहज भएको छ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैध रहेको दाबीसहित रिट दायर गर्नुभएको थियो ।
आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न मागसहित अहिले चलिरहेको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्नसमेत अन्तरिम आदेश माग गरिएको थियो ।








प्रतिक्रिया