देश

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार



काठमाडौँ, ७ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार तीन हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी एक जना गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो । मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । यही माघ ९ गते अपराह्न १ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन ४ः०० बजेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

प्रकाशित : ८ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६