देश

रासस ६५औँ वार्षिकोत्सवः निर्वाचन आचारसंहिता पालनमा जोड



दोधारा चाँदनी (कञ्चनपुर), ७ फागुन

राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वाषिकोत्सव एवं १०औँ निर्वाचन दिसवको अवसरमा संयुक्त रुपमा आयोजित निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चार माध्यमले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । “तोकिएको मितिमा निर्वाचन सफल पार्नका लागि सञ्चारमाध्यमको भूमिका आवश्यक छ”, प्रजिअ कोइरालाले भन्नुभयो, “निर्वाचनमा आचारसंहिता उल्लङ्घन भए कडा कारबाही हुन्छ ।” सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने उल्लेख गर्दै प्रजिअ कोइरालाले त्यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “लिखित उजुरीबाहेक हामीले सामाजिक सञ्जालमा आएका कुरालाई निगरानी गरिरहेका छौँ” उहाँले भन्नुभयो, “निर्वाचन अवधिमा सत्य, तथ्य र सन्तुलन समाचार सम्प्रेषण गर्न आग्रह गर्दछु ।” आचारसंहिता अनुगमन अधिकृत कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कृष्णबहादुर धामीले दलहरुले गरिरहेका प्रचारप्रसारको अनुगमन भइरहेको बताउनुभयो । “यहाँका ४० उम्मेदवारले खाता सञ्चालन गरिसकेका छन्, केहीको बाँकी छ”, उहाँले भन्नुभयो, “दलहरुले गरिरहेका प्रचारप्रसारका कार्यक्रमको हामीले अनुगमन गरिरहेका छौँ ।” उहाँले आचारसंहिता उल्लङ्घनका लिखित उजुरी नआए पनि अनुगमन अधिकृतले निगरानी गरिरहेको बताउनुभयो । कार्यक्रममा सहभागी सुरक्षा निकायका प्रमुख एंव पत्रकारहरुले गलत सूचना, अफवाह तथा भ्रामक सामग्रीले निर्वाचन प्रक्रियामै असर पार्न सक्ने भएकाले जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको धारणा राख्नुभएको थियो ।

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६