सेयर बजारमा बिहीबार नेप्से परिसूचक २३।८७ अंक बढेर २८२० अंकमा पुगेको छ।
बिहीबार बैंकिङ समूह २।०२ प्रतिशतले सबैभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन समूह ०।३५ प्रतिशतले घटेको छ।
होटल फरेस्ट इन कम्पनी आजबाट कारोबारमा आएको छ र चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
२८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३।८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो ।
आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर रह्यो । आज बैंकिङ समूह नै सबैभन्दा धेरै बढ्यो सो समूह २।०२ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १।२८, फाइनान्स १।३०, हाइड्रोपावर १।१०, लगानी १।१४, जीवन बीमा ०।३६, उत्पादन तथा प्रशोधन ०।७३, माइक्रोफाइनान्स ०।२७ तथा व्यापार ०।१४ प्रतिशत बढे । निर्जीवन बीमा ०।०४, अन्य ०।७४ र होटल तथा पर्यटन समूह ०।३५ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इन छन् । होटल फरेस्ट इन आजैबाट कारोबारमा आएको हो । त्यस्तै दरामखोला हाइड्रोपावरको ९।४६, हिमाल दोलखा हाइड्रोपावरको ७।१४ प्रतिशत मूल्य बढ्यो ।
त्रिशुली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ३।१४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, एचआईडीसीएल प्रोमोटर, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रोपावर छन् ।








प्रतिक्रिया