ब्रेकिंग न्युज

आईपीएलको खेल तालिका सार्वजनिक स् पहिलो खेलमा आरसीबी र हैदराबाद भिड्ने



काठमाडौं ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ का सुरुआती २० खेलको तालिका बुधबार सार्वजनिक गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेल २८ मार्च मा हुने छ, जहाँ गत सिजनको विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच प्रतिस्पर्धा हुनेछ। यो खेल बेङ्गलुरुको एम। चिन्नास्वामी स्टेडियममा खेलाइनेछ। यही मैदानमा गत वर्ष ४ जुन मा आरसीबीले पहिलो पटक उपाधि जितेपछि गरिएको विजय परेडका क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो।
१६ दिनमा २० खेल, ४ डबल हेडर
आईपीएल २०२६ को पहिलो चरणमा १६ दिनभित्र २० खेल खेलाइने छन्। यस अवधिमा ४ डबल हेडर (एकै दिन दुई खेल) पनि समावेश छन्।
पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले २९ मार्च मा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ। यो खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा हुनेछ।
त्यस्तै चेन्नई सुपर किंग्स (सीएसके) ले ३० मार्च मा राजस्थान रोयल्स (आरआर) विरुद्ध गुवाहाटीमा आफ्नो अभियान सुरु गर्नेछ। ऋतुराज गायकवाडको कप्तानीमा रहेको सीएसकेका लागि सञ्जु सामसन पहिलो पटक खेल्नेछन्। सामसन हालै सम्पन्न टी–२० विश्वकप २०२६ का ‘प्लेयर अफ द टूर्नामेन्ट’ पनि हुन्।

दोस्रो चरणको तालिका चुनावपछि
आईपीएलको दोस्रो चरणको तालिका भने ५ वटा राज्यमा हुने विधानसभा चुनावको मिति घोषणा भएपछि मात्रै सार्वजनिक गरिनेछ।
पाँच राज्यमा हुने चुनावका कारण यसपटक आईपीएलको उद्घाटन खेल २ दिन पछि सारिएको हो। सुरुमा प्रतियोगिता २६ मार्चबाट सुरु हुने तय भएको थियो, तर अब २८ मार्च बाट सुरु हुनेछ।
गत आरसीबीले पहिलो पटक आईपीएल उपाधि जितेको थियो। आरसीबीले गत सिजनको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै पहिलो पटक आईपीएल ट्रफी जितेको थियो।

प्रकाशित : २८ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६