जीवनशैली

बाणगंगामा ११ हजार हेक्टर भन्दा बढी वन क्षेत्र

संरक्षण, वृक्षारोपण र व्यवस्थापनमा जोड



कपिलवस्तु १ वैशाख

कपिलवस्तुको बाणगंगा नगरपालिकामा वन, वातावरण, विपद् व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापन तर्फ उल्लेखनीय जोड दिएको तथ्यहरुले देखिएको छ। बाणगंगा नगरपालिकाको वन, वातावरण, विपद् तथा फोहरमैला ब्यवस्थापनको पछिल्लो प्रकाशित तथ्यांकलाई हेदा नगरपालिकाभित्र सामुदायिक, साझेदारी तथा धार्मिक वनहरूको कुल क्षेत्रफल ११ हजार १३३ दशमलव ७७ हेक्टर रहेको तथ्याङ्कले देखाएको छ।
वडा गत विवरणअनुसार नगरपालिकामा कुल ३४ वटा सामुदायिक वन रहेका छन्। सबैभन्दा बढी वडा नं. ९ मा १० वटा सामुदायिक वन रहेका छन् भने वडा नं. २ मा ७ वटा, वडा नं. ६ मा ३ वटा, वडा नं. ८ मा ३ वटा र वडा नं. १० मा ३ वटा सामुदायिक वन रहेका छन्। अन्य वडाहरूमा एक वा दुई वटा सामुदायिक वन रहेका छन्।
त्यस्तै, धार्मिक वनहरूको सङ्ख्या ३ रहेको छ भने साझेदारी वन २ वटा रहेका छन्। नगरपालिकाले हरित क्षेत्र विस्तार गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरेको छ। तथ्याङ्कअनुसार ५ दशमलव ३ हेक्टर क्षेत्रमा वृक्षारोपण गरिएको छ। यसमध्ये वडा नं. ४ मा १ दशमलव ३ हेक्टर र वडा नं. ५ मा ४ दशमलव ० हेक्टर क्षेत्रमा वृक्षारोपण गरिएको हो।
यसैगरी, सार्वजनिक वनतर्फ पनि १६ दशमलव ६ हेक्टर क्षेत्रफल रहेको उल्लेख गरिएको छ। वन क्षेत्रको संरक्षण, विस्तार र दिगो व्यवस्थापन मार्फत वातावरणीय सन्तुलन कायम राख्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो । साथै, विपद् जोखिम न्यूनीकरण र फोहोरमैला व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्दै समग्र वातावरण संरक्षणमा ध्यान केन्द्रित गरिएको नगर प्रमुख चक्रपाणी अर्यालको तर्क रहेको छ ।

प्रकाशित : १ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६