ब्रेकिंग न्युज

कपिलवस्तु नगरपालिकाको न्यायिक समितिको सक्रियता उच्च, अधिकांश उजुरी फछ्र्यौट



कपिलवस्तु ५ वैशाख

कपिलवस्तु नगरपालिका, तौलिहवामा आर्थिक वर्ष २०८१÷०८२ मा न्यायिक समितिको सक्रियता उल्लेखनीय देखिएको छ। प्राप्त तथ्यांकका आधारमा समितिले दर्ता भएका अधिकांश उजुरी समयमै फछ्र्यौट गर्दै प्रभावकारी न्याय सम्पादन गरेको मूल्यांकन गर्न सकिन्छ।
उक्त अवधिमा न्यायिक समितिमा विभिन्न प्रकृतिका कुल ६१ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै ४६ वटा उजुरी जग्गा सम्बन्धी रहेका छन्, जसलाई समितिले पूर्ण रूपमा फछ्र्यौट गरेको छ। यसले भूमि विवाद समाधानमा समितिको सक्रियता र प्रभावकारिता प्रष्ट पारेको छ।
त्यसैगरी, घरेलु हिंसा सम्बन्धी १० वटा उजुरी दर्ता भएका थिए, जसमध्ये सबै १० वटा उजुरी फछ्र्यौट गरिएको छ। यसले सामाजिक संवेदनशील विषयमा पनि समितिले द्रुत र जिम्मेवार भूमिका निर्वाह गरेको देखिन्छ।
पैसा लेनदेनसम्बन्धी ४ वटा उजुरीमध्ये ३ वटा फछ्र्यौट भइसकेका छन् भने १ वटा उजुरी हाल कारवाहीको प्रक्रियामा रहेको छ। सम्बन्ध बिच्छेदसम्बन्धी १ वटा उजुरी दर्ता भएकोमा उक्त उजुरी पनि फछ्र्यौट गरिएको छ।
समग्रमा हेर्दा, न्यायिक समितिले दर्ता भएका अधिकांश उजुरी समाधान गर्दै स्थानीय स्तरमा न्यायमा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ। बाँकी रहेको एक उजुरी समेत प्रक्रियामा रहेकाले निकट भविष्यमै समाधान हुने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित : ५ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६