कृषि

चारआलीमा आधुनिक ‘कृषि मण्डी’ निर्माण



राष्ट्रिय समाचार समिति (रासस)

झापा, ६ वैशाखः

मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घले सार्वजनिक निजी साझेदारी (पिपीपी) कार्यक्रमअन्तर्गत मेचीनगर–१३ चारआलीमा आधुनिक तरकारी बजार (मण्डी) निर्माण सुरु गरेका छन् । स्थानीय व्यवसायीले वर्षौदेखि माग गर्दै आएको मण्डी निर्माणका लागि नगरपालिका र सङ्घबीच आज सम्झौता भएको हो । सम्झौतापत्रमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईँले हस्ताक्षर गर्नुभएको छ । चारआली चोकदेखि ५० मिटर दक्षिणको आइतबारे हटियाको १६ कट्ठा १४ धुर जग्गामा मण्डीको निर्माण सुरु गरिएको सङ्घका अध्यक्ष प्रसाईँले बताउनुभयो । मण्डीमा २५ वटा कोठा रहने जनाइएको छ । सम्झौतामा सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत मण्डीको निर्माण र सञ्चालन गरिने उल्लेख छ । सङ्घले सब्जीमण्डीको टहरा र पार्किङ निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न वार्षिक रु छ लाख ३५ हजार लगानी गर्नेछ भने मेचीनगर नगरपालिकाले नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गरेर जग्गा सम्याउने, कल्भर्ट बनाउने, विद्युत् र खानेपानी सुविधा पुर्याउने र सिसी क्यामेरा जडान गर्ने भएको छ ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६