ब्रेकिंग न्युज

खोटाङ र उदयपुरमा भारी वर्षा



काठमाडौँ, ५ वैशाखः पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आज देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा १२ घण्टामा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलीमिटर र उदयपुरको गढीमा ४९.६ मिलीमिटर वर्षा भएको छ । अन्य विभिन्न ३५ जिल्लाहरूमा पनि वर्षा भएको छ । विभागका अनुसार धनकुटामा ३०.८, कास्कीमा २३.६, पर्वतमा १९, ललितपुरमा २०.६ र काभ्रेमा १६.२ मिलीमिटर वर्षा भएको छ । अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ ।

तराईमा तापक्रम बढ्दै

तराई क्षेत्रमा भने तापक्रम बढिरहेको विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भइरहँदा तराई क्षेत्रमा तातो बढिरहेको बताउनुभयो । यो क्रम अझै केही दिन रहने छ । विभागबाट प्राप्त विवरणअनुसार आज सबैभन्दा बढी अधिकतमक तापक्रम नेपालगन्जमा ३९, दिपायलमा ३८.८ र धनगढीमा ३८.२ डिग्री मापन गरिएको छ । काठमाडौँमा अधिकतम तापक्रम २८.४ डिग्री रहेको छ । वैशाख ६ गते कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने बताइएको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६