कपिलवस्तु, — ७ बैशाख
कपिलवस्तु नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा ऐन–कानून तथा नीति निर्माण सम्बन्धी गतिविधिहरूको विवरणले कार्यविधी निर्माणमा विशेष जोड दिइएको देखिएको छ। उपलब्ध तथ्यांक अनुसार नगरपालिकाले यस अवधिमा जम्मा ८ वटा विभिन्न कानुनी तथा नीतिगत दस्तावेज तयार पारेको छ।
तथ्यांक अनुसार सबैभन्दा बढी कार्यविधी ५ वटा निर्माण गरिएको छ, जुन कुल निर्माणको प्रमुख हिस्सा हो। यसले स्थानीय तहमा सेवा प्रवाह, कार्यक्रम सञ्चालन तथा प्रशासनिक कार्यलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधीलाई प्राथमिकता दिइएको संकेत गर्दछ।
यसैगरी, कानून (ऐन) १ वटा, निर्देशिका १ वटा र मापदण्ड १ वटा निर्माण गरिएको छ। तर, उल्लेखनीय रूपमा यस अवधिमा नियामावली भने निर्माण हुन सकेको छैन।
विश्लेषणात्मक रूपमा हेर्दा, कार्यविधीहरू तत्काल कार्यान्वयनमा सहज हुने र स्थानीय आवश्यकता अनुसार छिटो परिमार्जन गर्न सकिने भएकाले नगरपालिकाले यसमा बढी ध्यान दिएको देखिन्छ। तर, दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि आवश्यक नियामावलीको अभावले केही नीतिगत स्पष्टता र कार्यान्वयनमा चुनौती आउन सक्ने सम्भावना पनि देखिन्छ।
समग्रमा, कपिलवस्तु नगरपालिकाले गत आर्थिक वर्षमा नीति निर्माण तर्फ सक्रियता देखाए पनि नियामावली निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। दीर्घकालीन कानुनी संरचना मजबुत बनाउन ऐन, नियमावली र निर्देशिका बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।








प्रतिक्रिया