काठमाडौँ, ८ वैशाख
नेपाल पत्रकार महासंघले तीन तहका सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति आपत्ति जनाउँदै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले उक्त निर्णयलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नेपालको संवैधानिक व्यवस्थाविपरीत भएको ठहर गरेको छ।
महासंघले यसअघि नै सरकारलाई निर्णय फिर्ता लिन आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाएको भए पनि माग सम्बोधन नभएकाले दबाबमूलक कार्यक्रम अघि बढाइएको जनाएको छ।
घोषित प्रमुख कार्यक्रमहरू
वैशाख ९ गतेस् सबै प्रदेश समितिले मुख्यमन्त्रीसँग छलफल गर्ने ।
वैशाख १० गते बिहानस् जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने ।
सोही दिन दिउँसोस् केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन ।
वैशाख ११ गतेस् सम्पादकीयमार्फत विरोध जनाउने ।
वैशाख ११ गते बिहानस् सामाजिक सञ्जाल अभियान सञ्चालन ।
वैशाख १४ गतेस् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग छलफल ।
वैशाख १५ गतेस् स्थानीय तहसम्म दबाबमूलक कार्यक्रम विस्तार ।
महासंघले सरकारलाई प्रेसमैत्री नीति अवलम्बन गर्न र सञ्चारमाध्यमप्रति विभेदकारी निर्णय नगर्न आग्रह गरेको छ। साथै, माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिएको छ।








प्रतिक्रिया