ब्रेकिंग न्युज

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना



काठमाडौँ, २४ कात्तिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्व तिहार, नेपाल संवत्, म्हः पूजाले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् भनी कामना गर्नुभएको छ । “आज हुने म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिन्छ, गोवद्र्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्छ भने हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्छ”, अध्यक्ष ओलीले भन्नुभएको छ, “म्हः पूजा, गोवद्र्धन पूजा तथा हल तिहारको हार्दिक शुभकामना ! न्हु दँया भिन्तुना !” राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । –––

प्रकाशित : २५ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६