बिजनेस

सुरु भयो गुल्मी महोत्सव



तम्घास, ११ वैशाख

गुल्मीमा पाँचौँ गुल्मी महोत्सव सुरु भएको छ । ‘जिल्लाको सम्पन्नता र समृद्धिको निकासः शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नारासहित गुल्मी उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो दिन तम्घासको बालमन्दिरदेखि पुरानोबजार–पुतलीबजार–भीमचोक–क्याम्पसरोड हँुदै महोत्सवस्थल नुनथलासम्म विभिन्न सङ्घसंस्थाले र्‍याली निकालेका थिए । नेवाः खल गुल्मी, नेवाः खल बलेटक्सार, लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न विद्यालय, आमा समूह, पुल्चोक युवा क्लब, फोर्टिन स्टार युवा क्लब र रेसुङ्गा भजन साँझलगायतले महोत्सवको उपलक्ष्यमा र्याली निकालेका थिए । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले महोत्सवले समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । महोत्सवमा दुई सयभन्दा बढी व्यापारिक कक्ष राखिएका छन् । जहाँ कृषि उपजदेखि पिङ, जलपरीलगायत विभिन्न व्यावसायिक, औद्योगिक तथा कृषि उत्पादन प्रदर्शन तथा बिक्री गरिने आयोजकले जनाएको छ । गुल्मीको समग्र आर्थिक विकास र समृद्धिलाई टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । २३ गतेसम्म चल्ने महोत्सवलाई एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६