ब्रेकिंग न्युज

आन्तरिक राजश्व सुधारका लागि करको दायरा फराकिलो



कपिलवस्तु, १२ बैशाख

कपिलवस्तुको यशोधरा गाउँपालिकाले आन्तरिक राजश्व सुधारका लागि हाल रहेको करको दायरा फराकिलो बनाउन आवश्यक रहेको देखिन्छ । पालिकाको आर्थिक वर्ष २०८१÷०८२ मा आन्तरिक राजश्व संकलन अपेक्षालाई विश्लेषण गर्दा यो तथ्य देखा परेको हो ।
गाउँपालिकाको वार्षिक समिक्षा प्रतिवेदन अनुसार आन्तरिक स्रोतबाट ३ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा करिब ७६ लाख १४ हजार ७८८ रुपैयाँ मात्र संकलन भएको छ। यो लक्ष्यको झण्डै एक चौथाइ मात्रै उपलब्धि हो, जसले राजश्व व्यवस्थापनमा गम्भीर सुधारको आवश्यकता औंल्याएको छ।
आन्तरिक राजश्व लक्ष्य भन्दा निकै कम हुनुका पछाडि विभिन्न कारणहरू जिम्मेवार देखिन्छन्। करको दायरा सीमित हुनु, करदाताको अद्यावधिक अभिलेखको अभाव, राजश्व संकलनमा प्रविधिको न्यून प्रयोग, तथा जनचेतनाको कमी मुख्य चुनौतीका रूपमा देखिन्छन्।
राजश्व वृद्धिका लागि गाउँपालिकाले केही संरचनात्मक र दीर्घकालीन रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ । त्यस्तैm करको दायरा विस्तार गरी व्यवसाय, घरजग्गा, सेवा क्षेत्रमा करको दायरा बढाउँदै सबै सम्भावित स्रोतलाई करको दायरामा ल्याउनु उपयुक्त हुन्छ । समय सापेक्ष
डिजिटल प्रणालीको प्रयोगमा जोड दिदै राजश्व संकलनलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन भुक्तानी तथा डिजिटल अभिलेख प्रणाली लागू गर्नु आवश्यक देखिन्छ। त्यस्तै
करदातामा जनचेतना अभिवृद्धि गरी कर तिर्ने संस्कार विकास गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन महत्वपूर्ण हुन सक्छ । जनप्रतिनिधी र कर्मचारीको संयुक्त अनुगमन र कार्यान्वयनमा कडाइ गरी कर नतिर्ने वा छल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नियमित अनुगमन र कानुनी कार्यान्वयनलाई कडा बनाउनु पर्ने देखिन्छ ।
कर्मचारीको क्षमता अभिवृद्धि गरी राजश्व संकलनमा संलग्न कर्मचारीलाई तालिम तथा स्रोतसाधन उपलब्ध गराएर दक्षता बढाउदा काममा परिणाम आउने देखिन्छ ।
यशोधरा गाउँपालिकाको आन्तरिक राजश्व संकलन अवस्था अपेक्षा भन्दा कमजोर देखिए पनि सुधारका सम्भावना प्रशस्त छन्। प्रभावकारी नीति, पारदर्शी प्रणाली र जनसहभागिता बढाउन सकेमा आगामी वर्षहरूमा राजश्व वृद्धिसँगै स्थानीय विकासमा सकारात्मक प्रभाव पार्न सकिने निश्चित छ ।

प्रकाशित : १२ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६