ब्रेकिंग न्युज

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्नः अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै



काठमाडौँ, १३ वैशाखः

राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न भएको छ । आज यहाँ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । उक्त अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो । ‘पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व चुङ्वा सेर्पाको स्मृतिमा रु तीन लाख राशिको पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटो पत्रकारहरूसँग सहकार्य गर्दै नेपालको फोटो बैंक स्थापना गरिने जानकारी दिनुभयो । यसले फोटो पत्रकारहरूको रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारको माध्यम फोटो भिडियो हुने भएका फोटो बैंक आवश्यक रहेको धारणा राख्नुभयो । प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराले फोटो प्रतिलिपि अधिकार (कपिराइट) को विषयमा बोल्दै फोटो पत्रकारका सिर्जनाहरू अनुमतिविना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेका उल्लेख गर्नुभयो । काठमाडौँ फोटो ग्राफर सङ्घका अध्यक्ष आनन्द प्रभाकर घिमिरेले दुई संस्थाबीच भाइचारा सम्बन्ध विस्तार गर्दै सहकार्यमा काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वअध्यक्ष राजभाइ सुवालले एआइको युगअनुसार प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । संस्थाका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरू राज्य तथा सञ्चारगृहबाट पीडित भएको उल्लेख गर्दै जीवन बिमा, स्वास्थ्य बिमा तथा क्यामेरा इन्सुरेन्सको अभावका कारण जोखिम बढी हुने गरेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रियस्तरमा सहकार्य विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशका १०० जना फोटो पत्रकार तथा फोटो ग्राफरलाई सहभागी गराई अन्तरराष्ट्रिय फोटो सम्मेलन आयोजना गरिने घोषणा गर्नुभयो ।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६