ब्रेकिंग न्युज

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान



काठमाडौँ, वैशाख १४

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय फोटो पत्रकारको टोली आज बङ्गलादेश प्रस्थान गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको सो टोली बङ्गलादेश फोटो पत्रकार सङ्घको निमन्त्रणामा बङ्गलादेश प्रस्थान गरेको हो । केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका तीन सदस्यसहितको उक्त टोलीले नेपाल–बङ्गलादेशबीच विगत २१ वर्षदेखि कायम रहँदै आएको फोटो पत्रकारिता मार्फतको भाइचारा सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ । टोलीले बङ्गलादेशमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गर्नेछ । प्रदर्शनीमा नेपालको पर्यटकीय तथा सांस्कृतिक क्षेत्र झल्काउने ४० वटा तस्बिर प्रदर्शन गरिने कार्यक्रम रहेको समूहले जनाएको छ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन र अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु रहेको छ । बङ्गलादेशमा आयोजना हुने अन्तरराष्ट्रिय फोटो पत्रकारिता सेमिनारमा नेपाली टोलीले सहभागिता जनाउनेछ । उक्त सेमिनारमा अध्यक्ष वन्तले नेपालको समग्र फोटो पत्रकारिता तथा एसियाली सन्दर्भमा यसको अवस्था र चुनौतीबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । टोलीले ‘आईएचआई फोटो जर्नलिस्ट अप्रिसिएसन अवार्ड २०२६’ कार्यक्रममा सहभागिता जनाउनेछ । यस प्रकारका कार्यक्रमले दुई देशबीचको पेसागत सम्बन्ध मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । —

Powered By  Orson Infotech

प्रकाशित : १४ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६