ब्रेकिंग न्युज

‘हिम घोडा’ सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद



मनाङ, १७ वैशाखः

गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किनुभएको छ । गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ्गीत क्षेत्रमा फर्किनुभएको हो । लामो समयपछि पुनः सङ्गीतमा फर्किनुभएका उहाँले भन्नुभयो,“पुनः सङ्गीत क्षेत्रमा आउने सपना पूरा भएको छ । मेरो लागि गीतसङ्गीत भनेको एक साधना हो, जसले मलाई सधैँ ऊर्जा र प्रेरणा दिन्छ ।” विगतमा देशमा भएका विभिन्न महामारीजन्य घटना र मनाङमा बाढीपहिरोजस्ता विपद्ले गर्दा गीतसङ्गीतभन्दा समाजसेवालाई समय दिनुपरेको गुरुङले सुनाउनुभयो । अब भने यसै क्षेत्रमा निरन्तर लागिरहेने उहाँको प्रतिबद्धता छ । ‘हिम घोडा’ गीतमा शब्द तथा सङ्गीत अशुसेन लामाले गर्नुभएको छ भने सङ्गीत संयोजन राजु खड्काले गर्नुभएको छ । यस गीतको छायाङ्कन मनाङका विभिन्न रमणीयस्थलमा गरिएको छ । गीतले मनाङको प्राकृतिक सुन्दरता झल्काउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ । गायक गुरुङले ‘हिम घोडा’ मार्फत आफ्नो पुनरागमन मात्र नभई नेपाली सङ्गीत क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ । उहाँको गीत, सङ्गीतमा मनाङको संस्कृति, संस्कार र प्राकृतिक सौन्दर्यता समावेश भएको पाइन्छ ।

प्रकाशित : १७ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६