खोज–अनुसन्धान

महिला, बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमले देखायो सकारात्मक प्रभाव



कपिलवस्तु १७ बैशाख

कपिलवस्तुको लवनी स्थित शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को मध्यावधि समिक्षा मार्फत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवामा उल्लेखनीय सक्रियता देखाएको छ। विशेषगरी मधेश मूलका समुदायको बाहुल्यता रहेको यस पालिकामा सामाजिक समावेशीकरण, लैङ्गिक समानता र अधिकार सचेतनामा केन्द्रित कार्यक्रमहरूले सकारात्मक संकेत दिएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले पौष मसान्त सम्म सेवा प्रवाहलाई तीव्र बनाउँदै अपाङ्गता भएका व्यक्तिको निवेदन दर्ता ‘उही दिन’ गर्ने व्यवस्था लागू गरेको छ। यसले सेवाग्राही मैत्री शासनको अभ्यासलाई बलियो बनाएको छ। साथै, राष्ट्रिय परिचयपत्र सम्बन्धी सहजीकरण, दैनिक दर्ता–चलानी अभिलेख व्यवस्थापन तथा विभिन्न निकायका लागि आवश्यक विवरण तयारीमा शाखा सक्रिय देखिएको छ।
समिक्षा अवधिमा अपाङ्ग समन्वय समितिको बैठक तथा शिविर मार्फत ११ जनालाई वर्गीकरण गरिएको छ, जसमा ‘ख’ वर्गका ५ जना सबैभन्दा बढी रहेका छन्। त्यसैगरी, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्रको प्रतिलिपि वितरण, अन्य शाखालाई आवश्यक सहयोग र संघ–संस्थासँग समन्वयले शाखाको कार्यक्षेत्र फराकिलो बनाएको छ।
वित्तीय तथा कार्यक्रमगत गतिविधितर्फ हेर्दा, लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान, बालअधिकार तथा बालविवाह अन्त्य सम्बन्धी अभिमुखीकरण, तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन्। वडा नं ३, ४ र ५ मा आयोजित बालअधिकार सम्बन्धी कार्यक्रमबाट १०२ जना प्रत्यक्ष लाभान्वित भएका छन्, जसमा महिला र पुरुषको समान सहभागिता उल्लेखनीय देखिन्छ।
यसैगरी, न्भ्क्क्ष् परीक्षण तथा कार्यशाला मार्फत प्रतिवेदन तयार गरी कार्यपालिकामा पेश गरिएको छ, जसले नीति निर्माणमा तथ्यमा आधारित निर्णयको संकेत गर्दछ। यी कार्यक्रमहरूमा कुल करिब २ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट खर्च गरिएको देखिन्छ।
वार्षिक समिक्षामा किशोर–किशोरी लक्षित प्रजनन स्वास्थ्य तथा महिनावारी सम्बन्धी अभिमुखीकरण, बालविवाह अन्त्य अभियान र बालअधिकार प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। विद्यालय बाहिर रहेका किशोर–किशोरीलाई लक्षित गरी गरिएको यस्तो कार्यक्रमले सामाजिक व्यवहार परिवर्तन तर्फ महत्वपूर्ण संकेत दिएको छ।
अपाङ्गता सम्बन्धी सेवामा पनि प्रगति देखिएको छ। १८ जना निवेदक मध्ये १ जना ‘क’, ११ जना ‘ख’, २ जना ‘ग’ र ४ जना ‘घ’ वर्गमा वर्गीकरण भई परिचयपत्र वितरण गरिएको छ। यसले वास्तविक सेवाग्राहीसम्म पहुँच विस्तार भएको पुष्टि गर्छ।
समग्रमा, शुद्धोधन गाउँपालिकाले सीमित स्रोतसाधनका बीच सामाजिक न्याय, समावेशी विकास र अधिकारमुखी सेवामा जोड दिएको देखिन्छ। तर, अझ प्रभावकारी नतिजाका लागि कार्यक्रमहरूको दीगो अनुगमन, समुदाय स्तरमा व्यवहार परिवर्तन अभियानको विस्तार र लक्षित वर्गको सक्रिय सहभागिता सुनिश्चित गर्न आवश्यक देखिएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको तर्क रहेको छ ।
यो समिक्षाले स्थानीय तहमा योजनाबद्ध प्रयास, सहकार्य र उत्तरदायित्वपूर्ण कार्यान्वयन भएमा सामाजिक रूपान्तरण सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको छ।

प्रकाशित : १७ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६