ब्रेकिंग न्युज

बालविवाह अन्त्यका विशेष कारण पहिचन गरी काम गर्नुपर्छः मन्त्री बादी



काठमाडौँ, १६ वैशाखः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालविवाह अन्त्यका लागि त्यसका मूल कारण पहिचान गरी काम गर्नुपर्ने र लैङ्गिक रूपान्तरणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा ‘बालिका दुलही होइनन् नेपाल (जिएनबी नेपाल)’ को ध्यानाकर्षण बुझ्दै उहाँले बालविवाह अन्त्यका लागि सरकार जिएनबी नेपालसहित यस क्षेत्रमा क्रियाशील सबै सङ्घसंस्थासँग सहकार्य गर्न सकारात्मक रहेको बताउनुभएको छ ।मन्त्री बादीले बालविवाह अन्त्य जस्तो गम्भीर सामाजिक समस्या समाधानका लागि सरकारका कार्यक्रम र नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । जिएनबी नेपाल ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०८२’ को प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त संस्थाका अध्यक्ष प्रकाश खतिवडाको नेतृत्वको टोलीले विभिन्न सुझावसहितको सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्रमा सन् २०३० सम्म नेपालमा बालविवाह अन्त्य गर्ने राष्ट्रिय प्रतिबद्धता पूरा गर्न राष्ट्रिय बाल अधिकार परिषद् तथा प्रदेश र स्थानीय बाल अधिकार समितिहरूलाई नेतृत्वदायी, जवाफदेही र अनुगमनकारी भूमिकामा सक्रिय बनाउनुपर्ने, तथ्याङ्क प्रणाली सुदृढ गर्नुपर्ने, समयबद्ध कार्यतालिका र प्रगति सार्वजनिक गर्नुपर्ने, प्रदेश र स्थानीय तहमा बजेट सुनिश्चित गर्नुपर्ने तथा लैङ्गिक रूपान्तरणकारी दृष्टिकोणसहित बहु–क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेलगायत सातबुँदे सुझाव उल्लेख छन् ।त्यस अवसरमा जिएनबी ग्लोबलका तर्फबाट सृष्टि कोलक्षपतीले बालविवाह अन्त्यका लागि गरिएका प्रयासबारे जानकारी दिँदै मन्त्रालयसँग थप समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । टोलीमा जिएनबी नेपालका निवर्तमान अध्यक्ष निरिजना भट्ट, निवर्तमान उपाध्यक्ष सुनिल यादव, सदस्य संस्था ‘आवाज’ की कार्यकारी निर्देशक पवित्रा शाही, सचिवालय प्रबन्धक इलावती केसी, लुनिभा सचिवालयकी प्रतिनिधि सुचित्रा थापा, जिएनबी नेपालकी महासचिव सबिना भण्डारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १७ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६