ब्रेकिंग न्युज

मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा



काठमाडौँ, १७ वैशाख ः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारीसाधनलाई आज कारबाही गरेको छ ।
काठमाडौँको कलङ्की मन्दिरस्थित सडकखण्डमा आज गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “वातावरण विभाग बबरमहल र काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले ४८ वटा सवारीसाधनलाई जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका हुन् ।”मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीमात्र चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण चालकहरूलाई अनुरोध गरेको छ ।

प्रकाशित : १८ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६