ब्रेकिंग न्युज

महाराजगञ्ज नगरपालिकाको समिक्षा

नदीजन्य स्रोतको सदुपयोग बाट आर्थिक गतिविधि विस्तार



कपिलवस्तु महाराजगञ्ज २३ बैशाख

कपिलवस्तु — महाराजगञ्ज नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को समिक्षा गर्दै स्थानीय तहका अवसर तथा सम्भावनालाई स्पष्ट रूपमा अघि सारेको छ।
समिक्षा अनुसार नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका अवसर र सम्भावनालाई बुदागत रुपमा पहिचान गरेको छ। नगरपालिकाले मुख्यगरी बाणगंगा नदी आसपासको क्षेत्रलाई बहुउपयोगी रूपमा विकास गर्न सकिने उल्लेख गर्दै नदीजन्य स्रोतको सदुपयोग बाट आर्थिक गतिविधि विस्तार गर्न सकिने सम्भावना देखाइएको छ।

नदी उकास क्षेत्रलाई तरबूज, बदाम, तरकारी जस्ता कृषि उत्पादनका ‘पकेट क्षेत्र’का रूपमा विकास गर्न सकिने, साथै केरा खेती विस्तार गरी कृषि आधुनिकीकरण तर्फ अघि बढ्न सकिने सम्भावना औंल्याइएको छ। यसैगरी, सार्वजनिक ताल–पोखरीलाई व्यवस्थित गरी सिंचाइ प्रणाली विस्तार गर्ने र जलस्रोतको उपयोग मार्फत कृषि उत्पादन वृद्धि गर्न सकिने निष्कर्ष निकालिएको छ।

यो समिक्षा हो आ.व. २०८०।०८१ को । यो आर्थिक वर्ष २०८२/०८३ मा आइपुग्दा विगतका समिक्षा र त्यसको कार्यान्वयनको अवस्था के छ भनी पालिकाले समिक्षा गरी तथ्य कुरा सार्वजनिक गर्नु आवश्यक देखिएको छ ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६