खेलकुद

‘रन च्यालेन्ज’ शनिबार



काठमाडौँ, २४  वैशाखः एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।खुला महिला÷पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यस्तै, १८ वर्षमुनि महिला÷पुरुष र ३५ वर्षमाथि भेट्रान महिलातर्फ तीन किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धामा करिब २५० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।प्रतिस्पर्धाका लागि अनुमानित बजेट रु सात लाख ६६ हजार रहेको जनाइएको छ । पाँच किलोमिटर खुलातर्फ महिला तथा पुरुष दौडमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई क्रमशः १५ देखि एक अङ्क प्रदान गरिने छ । यो दौड दुई महिनाको अन्तरालमा तीन चरणमा हुनेछ । बाँकी दुई चरणको दौडमा पनि पहिलो चरण सरह नै अङ्क प्रदान गरिने छ । तेस्रो चरणको समाप्तिपछि अन्तिममा ‘ग्रान्ड’ प्रतियोगिता हुनेछ । दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टे खोला, पगरी टोल, कुशलटार चोक, सुविधानगर सडक हँुंदै पुनः नगरपालिका भवनमा पुगेर सम्पन्न हुनेछ । चाँगुनारायण नगरपालिका नगर खेलकुद संयोजक रघु केसीले नगरमा खेलकुद गतिविधिमा उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । 

प्रकाशित : २४ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६