ब्रेकिंग न्युज

युवालाई ‘स्विच्ड अन’ बनाउने प्रयास

लुम्बिनी भिजन कलेजको व्यवहारिक शिक्षा अभियान



कपिलवस्तु, २४ वैशाख

आजको शिक्षाले केवल प्रमाणपत्र मात्र होइन, जीवनलाई सही दिशामा अगाडि बढाउने क्षमता पनि दिनुपर्छ भन्ने सन्देशलाई आत्मसात गर्दै लुम्बिनी भिजन कलेजले बिबिएस अध्ययनरत विद्यार्थीहरूका लागि “स्विच्ड अन” शीर्षकको जीवन उपयोगी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
पछिल्लो समय युवा पुस्तामा बढ्दो अन्योल, आत्मविश्वासको कमी, करिअरप्रतिको अस्पष्टता तथा सामाजिक–मानसिक दबाबका बीच आयोजित यो कार्यक्रम केवल औपचारिक मोटिभेशनल सेसन नभई व्यवहारिक जीवनमा आवश्यक पर्ने सीप विकास गर्ने उद्देश्य सहित आयोजना गरिएको कलेजले जनाएको छ ।


कार्यक्रममा मानसिक सुदृढता र भावनात्मक सन्तुलन, स्पष्ट करिअर लक्ष्य निर्धारण, खुला संवाद क्षमता, नेतृत्व विकास तथा सिर्जनात्मक समस्या समाधान जस्ता विषयमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो । आधुनिक समयमा युवाले केवल किताबी ज्ञानका आधारमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले व्यवहारिक सीप, आत्मविश्वास र निर्णय क्षमता अत्यावश्यक बन्दै गएको सन्देश कार्यक्रमले दिएको क्याम्सका अध्यक्ष सरोज खनालले बताउनु भयो ।


कार्यक्रमका प्रशिक्षक तथा युवा मार्गदर्शक रमेश अर्यालले युवाहरूलाई आफ्नो क्षमता पहिचान गर्दै सकारात्मक सोच, अनुशासन र निरन्तर सिकाइ मार्फत जीवनमा सफलता हासिल गर्न सकिने बताएका थिए । उनले अहिलेको पुस्ताले प्रविधि र अवसरसँगै बढ्दो मानसिक दबाबको पनि सामना गरिरहेको उल्लेख गर्दै आत्मबल र स्पष्ट उद्देश्य बिना सफलता सम्भव नहुने धारणा राखे ।
उच्च शिक्षा हासिल गरिरहेका धेरै विद्यार्थीहरूमा “अब के गर्ने ?” भन्ने प्रश्न गम्भीर चुनौतीका रूपमा देखिने गरेको अवस्थामा यस्तो प्रशिक्षणले उनीहरूलाई करिअर, व्यक्तित्व विकास र सामाजिक जिम्मेवारीबारे स्पष्ट दृष्टिकोण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।
विद्यालय तथा कलेजहरूले अब केवल पाठ्य पुस्तकमा सीमित शिक्षा होइन, जीवन व्यवस्थापन, नेतृत्व क्षमता, संवाद कला र मानसिक स्वास्थ्यलाई समेत प्राथमिकता दिनुपर्ने आवश्यकता बढ्दै गएको छ । लुम्बिनी भिजन कलेजले सञ्चालन गरेको यो कार्यक्रम त्यसतर्फको सकारात्मक अभ्यासका रूपमा हेरिएको छ ।
युवालाई केवल डिग्री संगै, आत्मविश्वास, स्पष्ट लक्ष्य र जीवन उपयोगी सीप आवश्यक हुन्छ । व्यवहारिक शिक्षा र सकारात्मक सोचले मात्र सक्षम र जिम्मेवार नागरिक निर्माण गर्न सकिने क्याम्पस प्रमुख सुन्दर पाण्डेको तर्क रहेको छ ।

प्रकाशित : २४ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६