गण्डकी

नगरप्रमुखको गाडी खरिद गर्ने बजेटले शववाहन



चितवन, २९ वैशाखः

यहाँको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो । नगरप्रमुख विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा एउटा पनि गाडी छैन, नगरप्रमुखका लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याइएको थियो, त्यसबाट शववाहन खरिद गरियो ।” जिल्लाको पहाडी भूभागसमेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले निःशुल्क सञ्चालन गर्न शववाहन खरिद गरेको रेग्मीले बताउनुभयो । कतिपय खाडीमुलुकबाट काठमाडौँसम्म ल्याएको शवसमेत ल्याउन समस्या हुने गरेकाले शववाहनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । —

प्रकाशित : २९ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६