ब्रेकिंग न्युज

महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई



इनरुवा (सुनसरी), २९ वैशाख ः प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले हात पारेको छ । इनरुवा–२ स्थित शिक्षा खेल मैदानमा सम्पन्न फाइनलमा नेपाल प्रहरीलाई १७–२० अङ्कले पराजित गर्दै सशस्त्र प्रहरीले उपाधि चुमेको जिल्ला खेलकुद क्लब सुनसरीका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिनुभयो । प्रतियोगितामा कोसी प्रदेश र त्रिभुवन आर्मी तेस्रो भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेले रु एक लाख र ट्रफी, दोस्रो हुनेले रु ५० हजार र ट्रफी र तेस्रो हुने दुई वटा टिमलाई रु २५÷२५ हजार, ट्रफी, पदक प्रमाणपत्र प्रदान गरियो । विजेता टिमलाई कोसी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मंसुरीले पुरस्कार वितरण गर्नुभयो ।

प्रकाशित : ३० बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६