ब्रेकिंग न्युज

एसईई सफलताले बाणगंगामा शैक्षिक उत्साह

सम्मान कार्यक्रमले बढायो विद्यार्थीमा प्रेरणा



कपिलवस्तु, ३१ वैशाख ।

एसईई २०८२ को नतिजापछि कपिलवस्तुको बाणगंगा क्षेत्रमा विद्यालयहरूले सफल विद्यार्थीलाई सम्मान गर्दै शैक्षिक उपलब्धिलाई उत्सवका रूपमा मनाउन थालेका छन्। विद्यार्थीको सफलता केवल व्यक्तिगत उपलब्धि नभई विद्यालय, अभिभावक र समुदायको साझा प्रयासको परिणाम भएको सन्देश यस्ता कार्यक्रमहरूले दिएका छन्।


श्री महेन्द्र माध्यमिक विद्यालय, बाणगंगा–५, कोपवाले एसईई २०८२ मा सफल विद्यार्थीहरूको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सफल विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको बताउनुहुन्छ विद्यालयका प्राचार्य तनुश्री भण्डारी ।
विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्नुका साथै आगामी पुस्तालाई मेहनत र अनुशासन तर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ। शिक्षा केवल अंक प्राप्त गर्ने माध्यम नभई व्यक्तित्व निर्माण र भविष्य निर्माणको आधार भएको सन्देश कार्यक्रममा जोड दिइएको थियो।
त्यसैगरी, कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन, बाणगंगा–६ बैदौलीले पनि एसईई २०८२ मा उत्कृष्ट उपलब्धि हासिल गर्दै जिल्लामै पहिलो स्थान प्राप्त गर्न सफल भएको जनाएको छ।

विद्यालयका ४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने तीन जनाले ४.० जीपीए हासिल गरेका छन्। विद्यालयले शतप्रतिशत नतिजासँगै जिल्लास्तरीय उत्कृष्टता कायम गरेको दाबी गरेको छ।

यस उपलब्धिको अवसरमा आयोजित कार्यक्रममा सफल विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरिएको थियो। साथै विभिन्न विद्यालयबाट नयाँ भर्ना भई आएका विद्यार्थीहरूलाई स्वागत समेत गरिएको थियो। विद्यालयले शैक्षिक उपलब्धिसँगै सकारात्मक सिकाइ वातावरण र प्रतिस्पर्धात्मक शैक्षिक संस्कार निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।

पछिल्लो समय एसईई नतिजालाई केवल अंकको आधारमा मूल्यांकन गर्ने परम्पराभन्दा पनि विद्यार्थीको प्रयास, सिकाइ प्रक्रिया र क्षमताको सम्मान गर्ने अभ्यास विस्तार हुन थालेको विद्यालयका अध्यक्ष सरोज खनालले बताउनु भयो । सफल विद्यार्थीलाई सम्मान गर्ने संस्कृतिले अन्य विद्यार्थीमा पनि सकारात्मक ऊर्जा, प्रतिस्पर्धात्मक भावना र लक्ष्यप्रतिको प्रतिबद्धता विकास गर्ने विद्यालयका प्रबन्ध निर्देशक यूवराज पोख्रेलले धारणा ब्यक्त गर्नु भयो ।

शिक्षा क्षेत्रमा यस्ता सम्मान कार्यक्रम केवल औपचारिकता नभई मेहनतको कदर गर्ने र भविष्यका प्रतिभालाई थप जिम्मेवार बनाउने माध्यम बन्न सक्ने देखिएको छ। सम्मान र प्रोत्साहनको संस्कृतिले विद्यालयलाई केवल अध्ययन केन्द्र होइन, सपना निर्माण गर्ने थलोका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद पोख्रेलको भनाई रहेको छ ।

प्रकाशित : ३१ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६