खोज–अनुसन्धान

साहित्य सन्ध्यामा ‘नेपालको भूराजनीति’बारे परिचर्चा



काठमाडौँ, ३ जेठ

साहित्य सन्ध्याको ४७६औँ मासिक शृङ्खलामा बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा शनिबार ‘नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषय’ मा चर्चा र रचना वाचन गरिएको छ । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालको स्वीकृतिविना नेपाली भूमिबाट भारत र चीनले कैलाश मानसरोवरको यात्रा गराउने सूचना सार्वजनिक गर्नु अन्तरराष्ट्रिय कानुन एवं कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गर्नुभयो । त्यस अवसरमा साहित्यकार लक्ष्मण तिमिल्सिनाद्वारा लिखित ‘पुष्पाञ्जली’ खण्डकाव्य र ‘युगसन्देश’ कवितासङ्ग्रह लोकार्पण गरिएको थियो । ‘युगसन्देश’ को साहित्यकार गोविन्दप्रसाद आचार्यले समीक्षा गर्नुभएको थियो । साहित्यकारहरु ओमप्रसाद कोइराला, कणाद महर्षि, वासुदेव अधिकारी ‘पाँचथर’, विश्वनाथ तामाङ, अनिता लामा, बलराम विष्ट, कात्यायन, खेमराज निरौला, महेशराज खरेल, विन्दु अधिकारी, कुमार नेपाल, गङ्गा कर्माचार्य, राधिका सापकोटा, कृष्ण बाउसे, वासुदेव अधिकारी, पारसनाथ आचार्य, नित्यराज आचार्य, गङ्गा खड्का, यशोदा अधिकारी, नर्मदेश्वरी सत्याल, राजन आचार्य, बालिका गिरी, गणेशकुमार मिश्र, धनबहादुर मगर, महेन्द्रप्रकाश सिलवाल र अच्युत घिमिरेले कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले स्रष्टाहरुलाई विकृतिविरुद्ध निरन्तर कलम चलाउन आग्रह गर्नुभयो । –––

प्रकाशित : ३ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६