प्रेसपाटी, १० जेठ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति सदस्य पदका लागि सम्पन्न कोशी प्रदेश निर्वाचनमा परितोष पौडयाल विजयी हुनुभएको छ। निर्वाचन उपसमितिका संयोजक प्रर्बल शर्माका अनुसार जेठ ९ गते सातै प्रदेशमा सम्पन्न निर्वाचनमा पौडयालले १ हजार ८ सय २७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेले १ हजार ५ सय ५२ मत

परितोष पौडयाल
प्राप्त गर्नुभएको निर्वाचन उपसमितिले जनाएको छ। बैंकका अनुसार कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, गण्डकी प्रदेशबाट कमलादेवी गिरी, लुम्बिनी प्रदेशबाट विष्णु बराल, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा तथा सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट निर्विरोध सञ्चालक पदमा निर्वाचित हुनुभएको छ।
बैंकको विधान अनुसार सातै प्रदेशबाट एक–एक जना गरी सात सदस्यीय सञ्चालक चयन हुने व्यवस्था रहेको छ। साथै, एक जना सहकारी विज्ञ र एक जना बैंकिङ विज्ञलाई सञ्चालक समितिबाट मनोनित गर्ने प्रावधान रहेको छ। निर्वाचित सात सदस्य मध्येबाट अध्यक्ष चयनका लागि जेठ १२ गते बैठक बस्ने तयारी गरिएको स्रोतले जनाएको छ।






लेखा सुपरीवेक्षण समिति निर्वाचित
राष्ट्रिय सहकारी बैंकको लेखा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचित भएको छ। समितिको संयोजकमा तारा गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ

संयोजकमा तारा गुरुङ

युवराज पोख्रेल

ममता कुमारी साह
निर्वाचित हुनुभएको बैंकले जनाएको छ। युवराज पोख्रेल सहकारी अभियानमा लामो समयदेखि सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षका रूपमा दुई कार्यकाल सफल नेतृत्व प्रदान गरिसक्नुभएको छ। दुई दशकभन्दा बढी समयदेखि सहकारी क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएका पोख्रेलको अनुभवले समितिको प्रभावकारिता थप बढ्ने अपेक्षा गरिएको छ।
सहमति र सर्वसम्मतिबाट नेतृत्व चयन हुनु सहकारी क्षेत्रका लागि सकारात्मक अभ्यासका रूपमा हेरिएको छ। यसले संस्थागत सुशासन, सहकार्यको संस्कृति र साझा नेतृत्वमार्फत सहकारी अभियानलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।









प्रतिक्रिया