अर्थ-वाणिज्य

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी



काठमाडौँ, १४ जेठ

मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । करिब छ हजार १६ रोपनी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म कायम रहेका ७०६ मध्ये ६३८ उद्योग सञ्चालनमा रहेको आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । औद्योगिक क्षेत्रमा २६ उद्योग निर्माणाधीन, १६ उद्योग बन्द र २६ अन्य सङ्घसंस्था छन् । सातै प्रदेशमा बालाजु, पाटन, भक्तपुर, हेटौँडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह गरी १० औद्योगिक क्षेत्र सञ्चालित छन् । मुलुकमा औद्योगिक विकास गर्न उद्योगलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइएको हो । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र उद्योग तथा लागनी सहजीकरण गर्न औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, कम्पनी ऐन, २०६३ र विशेष आर्थिक क्षेत्र ऐन, २०७३ संशोधन गरी लगानीमैत्री बनाइएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । नवीनतम ज्ञान, प्राविधिक सीप र क्षमता भएको इच्छुक उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा सहभागी हुन उत्प्रेरित गर्दै स्टार्टअप उद्यम नीति २०८१ र स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत भएको छ । स्टार्टअप उद्यमको विकास र प्रवद्र्धनका लागि व्यवसाय सम्वद्र्धन केन्द्रको स्थापना भएको छ । स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा पाँच हजार १५८ प्रस्ताव प्राप्त भएकामा ६६१ प्रस्ताव सिफारिस भई ६०० उद्यमीलाई कर्जा प्रवाह गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आवको फागुनसम्म १० हजार २४४ प्रस्ताव प्राप्त भएका छन् । औद्योगिक बौद्धिक सम्पत्तिका रुपमा गत फागुन मसान्तसम्म ७० हजार ९७० ट्रेडमार्क, ९० पेटेन्ट र ३२० डिजाइन दर्ता भएका छन् । सबैभन्दा बढी चिनियाँ लगानी स्वीकृत फागुन मसान्तसम्म वैदेशिक लगानीका लागि स्वीकृति पाएका परियोजनामध्ये कूल लगानीका आधारमा सबैभन्दा बढी चिनियाँ छ । सो अवधिमा चीनको ४८ प्रतिशत, भारतको १७.९ प्रतिशत र तीबाहेक अन्यको ३४.१ प्रतिशत लगानी रहेको छ ।

प्रकाशित : १४ जेष्ठ २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६