देश

आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने : उद्योगी व्यवसायी



वीरगन्ज (पर्सा), १५ जेठ

वीरगन्जका क्षेत्रका उद्योगी–व्यवसायीले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने प्रतिक्रिया व्यक्त गरेका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटले उद्योग व्यवसाय प्रवर्द्र्धनमा सहयोग पुर्याउने जनाएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले बजेटको आकार ठूलो भए तापनि निजी क्षेत्रलाई उत्साह जगाउने प्रयास गरेको छ भन्नुभयो । “औद्योगिक कच्चा पदार्थ र तयारीको आयातमा छुट्टाछुट्टै स्ल्याब राख्ने प्रावधानले उद्योगीले केही राहत महसुस गर्न सक्नेछन्”, उहाँले भन्नुभयो, “ठूलो आकारको बजेट आएको छ । तर, स्रोतको सुनिश्चितता गर्न भने निकै कठिन पर्ने हो कि भन्ने आशङ्का जन्माएको छ ।” अध्यक्ष गौतमले बजेटले निकै लोकप्रिय खालका कार्यक्रम समावेश गरिएको छ । “सरकारले निजी क्षेत्रमैत्री विविध कानुन बनाउने घोषणा गरेको छ । यो पक्कै राम्रो हो,” उहाँले भन्नुभयो, “सरकारले १४ खर्बभन्दा धेरै राजस्व उठाउने लक्ष्य भेट्न भने केही चुनौती हुने देखिएको छ ।” प्राध्यापक डा दीपेन्द्रकुमार चौधरीले बजेट सरसर्ती हेर्दा निकै उत्साह जगाउने खालको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो । “बजेट कार्यान्वयन भएको खण्डमा राम्रो देखिन्छ”, उहाँले भन्नुभयो, “चालु आवको संशोधित बजेटको २५ प्रतिशत धेरै वृद्धि गरेकाले पनि कार्यान्वयन चुनौतीपूर्ण हुने देखिन्छ ।” व्यक्तिगत आयतर्फ रु पाँच लाखबाट बढाएर रु १० लाख आम्दानीमा एक प्रतिशत कर लगाउने प्रावधान सकारात्मक रहेको छ ।” वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बजेटले अर्थतन्त्रलाई चलायमान गराउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटले केही आशा जगाएको छ, कार्यान्वयन कसरी हुन्छ ।” अन्तःशुल्क हटाउने, औद्योगिक कच्चा पदार्थमा छुटलगायत प्रावधानले निजी क्षेत्रमैत्री गराउन खोजेको देखिन्छ । –––

Powered By  Orson Infotech

प्रकाशित : १५ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६