बिजनेस

‘फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ’



काठमाडौँ, १६ जेठः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाली  फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासङ्घको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनमा अध्यक्ष अग्रवालले फर्निचर तथा फर्निसिङ उद्योगलाई कुर्सी, टेबल वा सोफा उत्पादन गर्ने क्षेत्रका रूपमा मात्र नभई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय काठ, बाँस, धातु, कपडा, फोम, ग्लासलगायतका कच्चा पदार्थमा मूल्य अभिवृद्धि गरी हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्न फर्निचर उद्योगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।अध्यक्ष अग्रवालले उद्योगले हाल कच्चा पदार्थको अभाव, उत्पादन लागत वृद्धि, बैंक ब्याजदर तथा वित्तीय पहुँचको समस्या, दक्ष जनशक्तिको कमी, विदेशी उत्पादनसँगको अस्वस्थ प्रतिस्पर्धा, आधुनिक प्रविधिको सीमित प्रयोग, ढुवानी तथा ऊर्जा लागत वृद्धि, अव्यवस्थित बजार र ब्रान्डिङको कमजोरीजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको आर्थिक समृद्धि आयात र रेमिट्यान्समा आधारित हुन नसक्ने भएकाले उत्पादन, उद्योग र उद्यमशीलतामा आधारित अर्थतन्त्र निर्माण अपरिहार्य रहेको बताउनुभयो ।सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय तथा सार्वजनिक संस्थानमा स्वदेशी फर्निचरको प्राथमिक प्रयोग सुनिश्चित गर्नुपर्ने अध्यक्ष अग्रवालले बताउनुभयो । उद्योग विस्तारका लागि सहुलियतपूर्ण ब्याजदरमा दीर्घकालीन ऋण तथा कार्यशील पुँजीको सहज पहुँच उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो । 

–––

प्रकाशित : १७ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६