गण्डकी

पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण



कास्की, १८ जेठ

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँवर, निर्माण कम्पनी, परामर्शदातालगायतसँग पुल निर्माणमा विलम्ब नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिनुभयो । मन्त्री लम्सालले पछिल्लो पटक थप गरिएको समयावधि आगामी फागुन २१ गतेभित्रै काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । “काममा केही समस्या भए जानकारी गराउनु, पूर्वाधार निर्माण तोकिएको समयमै सकिनुपर्दछ । ढिला सुस्ती हुनुहुँदैन । अब तोकिएको समयभित्रमै काम गर्नुहोला ।” यसअघि मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्ड आयोजना प्रमुख कृष्णबहादुर कुँवरले निर्माणाधीन पुलको हालसम्म भौतिक र वित्तीय प्रगति तथा आयोजनामा देखिएका समस्याबारे उहाँलाई जानकारी गराउनुभएको थियो । मन्त्री लम्सालसँगै अनुगमनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेल सहभागी हुनुहुन्थ्यो । सेती नदीको उत्तरतर्फका केही जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको र यसको क्षतिपूर्ति दिनुपर्नेलगायत विषयमा सहमति जुटाउन लामो समय लागेकाले आयोजना केही ढिलाइ भएको प्रमुख कुँवरले जानकारी गराउनुभयो । क्षतिपूर्तिको विषय प्रशासनबाट टुङ्गो लागिसकेकाले अब काममा ढिलाइ नहुने जानकारी दिँदै आयोजना प्रमुख कुँवरले हालसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ५५ प्रतिशत भएको जानकारी गराउनुभयो । विसं २०७९ साउन २६ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको लागत रु एक अर्ब सात करोड छ ।

प्रकाशित : १८ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६