खोज–अनुसन्धान

सूचनाको हकप्रति नागरिकको बढ्दो चासो



कपिलवस्तु, २० जेठ

बाणगंगा नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा सूचनाको हकसम्बन्धी नागरिकको पहुँच र सचेतना क्रमशः बढ्दै गएको देखिएको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा सूचना माग तथा उजुरी व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय प्रवृत्ति देखिएको छ।
नगरपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा सूचनाको हकसम्बन्धी १८ वटा निवेदन ईमेल मार्फत प्राप्त भएका थिए। आर्थिक वर्ष २०८१/०८२ मा भने यस्तो संख्या ८ मा सीमित रहेको छ। प्रत्यक्ष निवेदन, हुलाक वा अन्य माध्यमबाट सूचना माग गरिएका निवेदनको विवरण शून्य रहेको छ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा २७ बमोजिम सार्वजनिक निकायले आवश्यकता अनुसार सूचनाको वर्गीकरण तथा संरक्षण गर्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ। यसले सार्वजनिक सूचनाको व्यवस्थापन र अभिलेखीकरणलाई व्यवस्थित बनाउन सहयोग पुगेको देखिन्छ।
यता, नगरपालिकामा दर्ता भएका उजुरीको अवस्थाले पनि सेवाप्रति नागरिकको प्रतिक्रिया र गुनासो व्यवस्थापनको चित्र प्रस्तुत गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा अख्तियार मार्फत २३ वटा उजुरी प्राप्त भएका थिए भने हेलो सरकार तथा अन्य माध्यमबाट कुनै उजुरी दर्ता भएका थिएनन्।
आर्थिक वर्ष २०८१/०८२ मा भने अख्तियार मार्फत प्राप्त उजुरी संख्या घटेर १५ मा झरेको छ। सोही अवधिमा हेलो सरकारमार्फत ३ वटा उजुरी प्राप्त भएका छन्। उजुरी पेटिका तथा अन्य माध्यमबाट कुनै उजुरी दर्ता भएको देखिँदैन।
तथ्याङ्कले अख्तियार मार्फत आउने उजुरीमा कमी आएको देखाए पनि हेलो सरकार जस्ता डिजिटल माध्यम प्रति नागरिकको पहुँच र प्रयोग बढ्दै गएको संकेत गरेको छ। सूचना मागको संख्या घट्नुका पछाडि नगरपालिकाले नियमित रूपमा सूचना सार्वजनिक गर्न थालेको, सेवा प्रवाहमा पारदर्शिता बढेको वा नागरिकले आवश्यक सूचना सहज रूपमा प्राप्त गर्न थालेको हुन सक्ने विश्लेषण गरिएको छ।
स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिताको आधार नागरिकको सूचनामा पहुँच र गुनासो सुनुवाइ प्रणाली हो। त्यसैले सूचना प्रवाहलाई थप प्रभावकारी बनाउँदै डिजिटल माध्यमको प्रयोग विस्तार गर्न सके नागरिक र स्थानीय सरकारबीचको विश्वास अझ मजबुत बन्ने अपेक्षा गरिएको छ। ९स्रोतः नगरपालिकाको वेभसाईटमा भएको जनमत ०

प्रकाशित : २० जेष्ठ २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६