ब्रेकिंग न्युज

मापसे गरेर चलाएका थिए अक्सफोर्ड कलेजका चालकले बस,मृतक साइकलयात्रीको शव अझै बुझेनन् परिवारले



चितवन,जेठ २१

अक्सफोर्ड कलेज गैडाकोटको बसका चालकले मापसे ९मादक पदार्थ सेवन० गरेर गाडी चलाएका कारण दुर्घटना भएको पुष्टि भएको छ । चितवनको भरतपुर महानगरपालिका–१६, बिजयनगर चोकस्थित भित्री सडक खण्डमा अक्सफोर्डको बसको ठक्करबाट बिहिबार एक साइकलयात्रीको मृत्यु भएको थियो । चालकले मापसे गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिनुभयो । उहाँले चालक र बस नियन्त्रणमा लिएको भन्दै पिडित परिवारका तर्फबाट जाहेरी दिने तयारी भएको बताउनुभयो ।
दुर्घटनामा परेर भरतपुर महानगरपालिका–१७ निवासी शुकराम चौधरीको मृत्यु भएको हो । बिहीबार अपरान्ह करिब ४ः१५ बजे भएको दुर्घटनामा परेर चौधरीको घटनास्थलमै मृत्यु भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त भएको थियो । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार चौधरीलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बस तोडफोड गरेका थिए । जनप्रतिनिधिको रोहबरमा पिडित पक्षसंग विहिबार रातीसम्म वार्ता भएको थियो । दुर्घटनास्थलमा रहेको बस र चालकलाई ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिइएको छ । कलजले परिवारलाई दिने क्षतिपूर्तिका बिषयमा समेत समहति नतिज पुगेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईले बताउनुभयो । जाहेरी र सहमती पश्चात शव परिवारले बुझ्ने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : २२ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६