देश

अन्तरराष्ट्रिय स्तरको सम्मेलन बोधी संवादको आयोजना हुने



काठमाडौँ २७ जेठ

मुलुकको अर्थतन्त्र र भू–राजनीतिको विषयमा केन्द्रित भई नेपालमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) आयोजक रहेको सो सम्मेलनलाई ‘बोधि संवाद’ नाम दिइएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्मेलन आउँदो मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनसम्म चल्नेछ । सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णका अनुसार सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना तथा दक्षिण एसियामा विकसित हुँदै गएको भू–राजनीतिक परिवेशका बारेमा नेपाली र विदेशी विज्ञहरूबीच छलफल हुनेछ । बोधि संवादलाई आर्थिक, राजनीतिक तथा भू–राजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्न लागिएको जानकारी दिइयो । सम्मेलनबाट प्राप्त हुने सुझावलाई लिपिबद्ध गरेर सरकारलाई जानकारी गराउने अध्यक्ष कर्णले बताउनुभयो । नेपालको मौलिक ज्ञान तथा सरकारले अगाडि सारेको सौम्य कूटनीतिलाई सहयोग पु¥याउने उद्देश्यले सम्मेलनको नाम नै बोधि संवाद राखिएको कर्णले उल्लेख गर्नुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६