देश

आज अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाइँदै



काठमाडौँ, २७ जेठः

आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदैछ । विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकाससम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र महासभाले सन् २०२४ जुन ७ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन १० लाई अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई ८० भन्दा बढी देशहरूले समर्थन गरेका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार सभ्यताबीचको संवादले भेदभाव, पूर्वाग्रह र गलत धारणाहरू हटाउन सहयोग पु¥याउँछ । साथै यसले विभिन्न राष्ट्र, संस्कृति र समुदायबीच विश्वास, समझदारी र मित्रवत् सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । विश्व शान्ति, साझा विकास, मानव कल्याण र समृद्धिका लागि संवादलाई प्रभावकारी माध्यमका रूपमा लिइएको छ । यस अवसरमा सभ्यतागत विविधतालाई मानवजातिको साझा सम्पत्तिका रूपमा सम्मान गर्दै आपसी सहिष्णुता, सद्भाव र अन्तरसांस्कृतिक संवादलाई थप सुदृढ बनाउन विश्व समुदायलाई आह्वान गरिएको छ । संयुक्त राष्ट्रसङ्घले विविध सभ्यता र संस्कृतिबीचको सहकार्यले थप शान्तिपूर्ण, समावेशी र समृद्ध विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित : २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६