देश

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति



काठमाडौँ, २७ जेठः

परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको संसद् बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा राख्नुभएको विषय ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर सोसम्बन्धमा स्पष्ट पार्दै उहाँले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट सीमासम्बन्धी विषय समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सदियौँदेखि खुला सीमामा रहेका नेपाल–भारतका कतिपय सीमा क्षेत्रका दशजगा वरपर ‘क्रस होल्डिङ’को अवस्था रहेको तथा आन्तरिक सहमतिका रूपमा रहेपनि नेपाल र भारततर्फका स्थानीयले वारिपारि खेतीपाती गर्दै आएको अवस्थाको जानकारी गराउँदै यस विषयमा पनि प्रधानमन्त्रीले उल्लेख गर्न खोज्नुभएको परराष्ट्रमन्त्री खनालले स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले नेपालको सीमासम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सिमाङ्कन सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष सम्बन्धित भएकाले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुभयो । “यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेको होइनौँ”, परराष्ट्रमन्त्रीले भन्नुभयो, “तत्कालीन अवस्थाको थप सन्दर्भसामग्री केही भए ती स्वभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने भएकाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विपषतर्फ प्रधानमन्त्रीले इङ्गीत गर्नुभएकोे हो ।”

प्रकाशित : २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६