अर्थ-वाणिज्य

‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’



काठमाडौँ, १ असार

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटको प्रभावकारी कार्यान्वयन गर्न स्रोत निश्चित गर्न सुझाव दिनुभएको छ । आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँहरुले बजेटको कार्यान्वयन क्षमता, आर्थिक वृद्धिको आधार, कृषि क्षेत्रको प्राथमिकता तथा सामाजिक न्यायका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । छलफलमा सहभागी सांसद कृष्णबहादुर रोकायले बजेट रूपान्तरणकारी हुने अपेक्षा गरिए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटमा नयाँ र आकर्षक कार्यक्रम समावेश गरिए पनि गहिराइमा विश्लेषण गर्दा उत्साहित हुन सकिने अवस्था रहेको छैन ।” सांसद उर्मिला अर्यालले सरकारले आगामी वर्ष सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखे पनि कुन क्षेत्रबाट कति योगदान प्राप्त हुने भन्ने स्पष्ट छैन भन्नुभयो । उहाँले भन्नुभयो, “बजेटले रोजगारी सिर्जना र बेरोजगारी समस्या समाधानका विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सकेको छैन ।” सांसद प्रेमप्रसाद दङ्गालले करका दर हेरफेरसँग सम्बन्धित विषयमा संसदीय छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “समाजवादी बजार अर्थतन्त्र, समाजवादउन्मुख अर्थतन्त्र, मिश्रित अर्थतन्त्र वा नवउदारवादी अर्थतन्त्रमध्ये कुन आधारमा बजेट निर्माण गरिएको हो भन्ने स्पष्ट हुनुपर्छ ।” सांसद पूजा चौधरीले स्रोतको स्पष्ट आधारबिना बजेट निर्माण गरिएकाले कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवामा कर लगाइए उपचार खर्च महँगो हुन सक्छ

प्रकाशित : १ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६