ब्रेकिंग न्युज

लुम्बिनी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८३्८४ को बजेट स्वीकृति



देउखुरी दाङ — १ असार

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेका प्रस्तावहरू मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको बताए । बजेट प्रस्तुत गर्नका लागि सोमवार बेलुका ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको हो । त्यसैगरी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक र आगामी आर्थिक वर्षको बजेट वक्तव्य सहितको राजस्व तथा व्ययको अनुमान प्रदेश सभामा पेश गर्न पनि स्वीकृति प्रदान गरिएको छ ।

प्रकाशित : १ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६