देश

नागरिकको जीवन रक्षा पहिलो प्राथमिकतामा



काठमाडौँ, १ असार

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्मा नागरिकको जीउधनको रक्षा सशस्त्र प्रहरीको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सरोकारवाला पक्षसँग आवश्यक समन्वय र सहकार्य गरी खटिन सकलदर्जालाई निर्देशन दिनुभयो । “गण्डकीका विभिन्न ठाउँमा सशस्त्र प्रहरीका युनिट विस्तार, विपद् व्यवस्थापन वेस स्थापना र रेस्क्यु टावरमा खटिएका टोलीले गरेका कार्य तथा उच्च भू–भाग तथा हिमाली क्षेत्रमा गरेका उद्धार प्रशंसनीय छ”, महानिरीक्षक पौडेलले भन्नुभएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित : १ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६