खोज–अनुसन्धान

तीन हजार घरधुरीमा शुद्ध खानेपानी पु¥याउँदै भूपू सैनिक खानेपानी संस्था, ठूलो ट्यांकी निर्माण अन्तिम चरणमा



कपिलवस्तु, असार ३

भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बाणगंगा नगरपालिकाका करिब तीन हजार घरधुरीमा शुद्ध खानेपानी सेवा विस्तार गर्दै आएको जनाएको छ। संस्थाको सोमबार उत्तमनगरस्थित आफ्नै भवन परिसरमा बसेको बैठकले हालसम्मको प्रगतिको समीक्षा गर्दै संस्थालाई थप सुदृढ बनाउने विभिन्न निर्णय गरेको छ।
बैठकमा उपभोक्तालाई नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने विषयमा विशेष छलफल भएको थियो। सेवा प्रवाहका क्रममा कुनै स्थानमा समस्या वा असहज अवस्था सिर्जना भए तत्काल समाधान गरी उपभोक्तालाई सहज सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाहले जानकारी दिए।
संस्थागत सुशासन र दीर्घकालीन विकासलाई प्राथमिकता दिँदै बैठकले मानव संसाधन नीति तथा आर्थिक–प्रशासनिक संशोधन नीति तयार गर्ने निर्णय समेत गरेको छ। मानव संसाधन नीति निर्माणका लागि सचिव कृष्णबहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ भने आर्थिक तथा प्रशासनिक संशोधन नीति तयार गर्न कोषाध्यक्ष राममाया रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको सहसचिव चिरञ्जीवी पन्तले बताए।
वि.सं. २०६५ सालमा स्थापना भएको संस्थाले बाणगंगा क्षेत्रमा शुद्ध खानेपानी वितरण तथा सरसफाइ प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ। संस्थाले “सफा पानी, सफा बानी—सहयोग पु¥याउने भूपू सैनिक खानेपानी” भन्ने मूल नाराका साथ आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।
खानेपानी सेवाको दिगोपन र क्षमता अभिवृद्धिका लागि संस्थाले बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा चार लाख ५० हजार लिटर पानी अट्ने ठूलो क्षमताको आधुनिक खानेपानी ट्यांकी निर्माण गरिरहेको छ। उक्त आयोजना सम्पन्न भएपछि खानेपानी आपूर्ति थप व्यवस्थित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ।
स्थानीय तहमा स्वच्छ खानेपानी पहुँच विस्तारमा सक्रिय भूमिका खेल्दै आएको भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था लुम्बिनी प्रदेशकै नमूना खानेपानी संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित : ३ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६