काठमाडौँ , ४ असार
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग छलफल गरेको छ । छलफलका लागि संयोजक शाहसहितको कार्यदलको टोली पूर्वप्रधानमन्त्री भट्टराईको निवास पुगेको थियो । कार्यदलले यसअघि गत जेठ २८ गते पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि छलफल गरेको थियो ।









प्रतिक्रिया