खोज–अनुसन्धान

अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक– सभापति बाँस्कोटा



काठमाडौँ, ४ असार

कानुन, न्याय तथ मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ । आप्रवासी कामदारको एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जाल नेपालद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आप्रवासी कामदारलाई कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने विषयमा तीन तहका सरकारबीच समन्वयको खाँचो रहेको बताउनुभयो । वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्यावस्था, सामाजिक सुरक्षा, सीप विकास, तथा उद्धारका काम राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै सभापति बाँस्कोटाले आप्रवासी कामदारको हक, अधिकार र सुरक्षा सुनिश्चित गर्न सबैपक्षले एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि प्रतिबद्धता व्यक्त गर्दै विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार तथा सकुशल फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित : ४ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६