तुलसीपुर (दाङ), ६ असार
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अस्पतालले गाउँ र शहरलाई जोड्नु पर्ने बताउनुभयो । दाङको तुलसीपुरमा शुक्रबार साझा अस्पतालको उद्घाटन सत्रमा उहाँले गाउँका जनताको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउनुभयो । अहिले पनि गाउँका जनताले बिशेषज्ञ सेवा प्राप्त गर्न नसकेको जनाउँदै यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले तुलसीपुर तथा आसपासका बिरामीलाई बाहिर रेफर गर्ने वातावरण अन्त्य गर्न यस्ता अस्पतालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेमा यहाँका बिरामी बाहिर जानु पर्ने अबस्थाको अन्त्य हुने बताउनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाण्डेले बिरामीले खानपान, शारीरिक ब्याम, सोचाइजस्ता कुरामा ध्यान दिँदा मानिस स्वस्थ हुने बताउनुभयो । अस्पतालले २५ शय्याबाट सुविधा दिने सञ्चालक डा रोशन गुप्ताले जानकारी दिनुभयो । आकस्मिक सेवा, प्रसुती तथा शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा प्रदान गरिने उहाँको भनाइ छ । त्यस्तै इन्टरनल मेडिसिन, तथा छातिरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नाक कान तथा घाँटीरोग विशेषज्ञ सेवा, सर्जरी विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, मिर्गौला रोग विशेषज्ञ सेवा प्रदान गरिनेछ । त्यस्तै एनआइसियू, एचडियू, इलास्टोग्राफी स्क्यान, फोरडी भिडियो युएसजी सेवा, इसीजी इको सेवा, सीआरम मेसिनबाट हाडजोर्नीसम्बन्धी अप्रेशन सेवा, मानसिक तथा नशा रोगलगायतका सेवा प्रदान गरिने उहाँको भनाइ छ ।









प्रतिक्रिया