ब्रेकिंग न्युज

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले



काठमाडौँ, १९ असार

नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले सरकारको १०० दिनः वाचा र यथार्थको समीक्षासहित जारी गर्नुभएको विज्ञप्तिमा मुलुकको आर्थिक सङ्कट समाधान गर्न र विधिको शासन कायम गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । एमालेले संविधान संशोधनका विषयमा राजनीतिक दलसँग परामर्श समेत गर्नुपर्नेमा जोड दिनुभयो । संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता–सन्तुलन मिलाउने साधन नभई जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र सार्वभौम जनादेशको दस्तावेज रहेकाले राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनमा घोषणा गरेको वाचापत्रअनुसार सरकार सञ्चालन गर्नुपर्ने बताएको छ ।

प्रकाशित : १९ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६