गण्डकी

नवजात छोरीका नाममा दश हजारको मुद्दति खाता



गलकोट ९बागलुङ०, २७ असार

बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा रु १० हजारको मुद्दति खाता उपहारस्वरूप खोलिदिने घोषण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत रु पाँच हजार प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि उक्त रकम दोब्बरले बढाइएको हो । हालैको नगरसभाबाट उक्त निर्णय पारित भएको जनाउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैङ्क खाता खालिने राससलाई बताउनुभयो । हालसम्म ३०० जना छोरीका नाममा रु पाँच हजारका दरले रु १५ लाख जम्मा गरिएको छ । खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइँदैन । –––

Powered By  Orson Infotech

प्रकाशित : २७ असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६