कपिलवस्तु ४ श्रावण
शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि पतरिया युवा क्लब तथा स्थानीय समुदायको पूर्वाधार विकाससँग सम्बन्धित योजना तथा कार्यक्रमलाई बजेटमा समेटेपछि क्लबले गाउँपालिका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गरेको छ।
पतरिया युवा क्लबले जारी गरेको धन्यवाद सन्देशमा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, उपाध्यक्ष होम प्रकाश (लाला) चौधरी तथा वडा नं। १ का वडा अध्यक्ष मोहम्मद ताहिरले क्लब र समुदायको आवश्यकतालाई गम्भीरतापूर्वक ग्रहण गर्दै योजना तथा बजेट विनियोजनमा सकारात्मक भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।

क्लबका अनुसार स्थानीय युवाको सक्रिय सहभागिता, सामुदायिक पूर्वाधार विकास तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउन आवश्यक योजना बजेटमा समावेश हुनु समुदायका लागि उत्साहजनक उपलब्धि हो। यसले युवालाई सिर्जनशील र जिम्मेवार सामाजिक भूमिकामा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
युवा क्लबले योजना निर्माण देखि बजेट विनियोजन सम्म समन्वय, पहल र सहयोग गर्ने सबै जनप्रतिनिधि तथा सरोकारवालाप्रति विशेष कृतज्ञता व्यक्त गरेको छ। विकास निर्माणका काममा स्थानीय आवश्यकता र जनचाहनालाई प्राथमिकतामा राखेर गरिएको निर्णयले जनप्रतिनिधि र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास क्लबले लिएको छ।

पतरिया युवा क्लबले आगामी दिनमा पनि गाउँपालिका, वडा कार्यालय तथा स्थानीय समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै युवाको क्षमता विकास, सामाजिक उत्तरदायित्व तथा दिगो पूर्वाधार निर्माणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
स्थानीय विकासमा जनप्रतिनिधि, युवा क्लब र समुदायबीचको समन्वय र सहकार्यले मात्र दिगो तथा समावेशी विकास सम्भव हुने सन्देश यस घटनाले दिएको छ। समुदायको आवश्यकता पहिचान गरी त्यसअनुसार योजना तथा बजेट विनियोजन गर्ने अभ्यासले स्थानीय सरकार प्रतिको नागरिक विश्वासलाई अझ बलियो बनाउनुका साथै विकासलाई जनमुखी बनाउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया