ब्रेकिंग न्युज

हरियाली अभियानमा युवाको अग्रसरतावृहत् वृक्षारोपणबाट वातावरण संरक्षणको सशक्त सन्देश



कपिलवस्तु, साउन ९

स्वच्छ, हराभरा र वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ कपिलवस्तुमा एकदिने वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। युवाको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले वातावरण संरक्षणलाई व्यवहारमा उतार्दै प्रकृतिप्रतिको जिम्मेवारी बोधलाई थप सुदृढ बनाएको छ।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा तथा रोटरी क्लब अफ कपिलवस्तु, शिवराज युथ, इन्ट्र्याक्ट क्लब अल शिवगढी र रहतावल सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्दै सहभागीहरूले जलवायु परिवर्तन, वन विनाश र बढ्दो वातावरणीय प्रदूषणजस्ता चुनौतीको सामना गर्न वृक्षारोपण प्रभावकारी उपाय भएको बताएका थिए। उनीहरूले बिरुवा रोप्नु मात्र नभई त्यसको संरक्षण र हुर्काउने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।


युवा, सामाजिक अभियन्ता, सामुदायिक वनका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा प्रकृति संरक्षणलाई सामाजिक अभियानका रूपमा अघि बढाउन सबैले साझा प्रतिबद्धता जनाएका थिए।
आयोजक संस्थाले यस्ता अभियानले वातावरण संरक्षणसँगै समुदायमा हरियाली विस्तार, जैविक विविधताको संरक्षण तथा स्वच्छ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। भविष्यमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै समुदायलाई प्रकृति संरक्षणमा थप सक्रिय बनाइने जनाइएको छ।
वृक्षारोपण कार्यक्रमले एकपटक फेरि सन्देश दिएको छ—प्रकृतिको संरक्षण कुनै एक संस्था वा व्यक्तिको जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो। आज रोपिएको एउटा बिरुवा भोलिको स्वच्छ वातावरण, सुरक्षित भविष्य र समृद्ध पृथ्वीको आधार बन्न सक्छ।
हरियाली बढाऔँ, वातावरण बचाऔँ। एउटा बिरुवा रोपौँ, भविष्यका पुस्तालाई स्वच्छ पृथ्वी उपहार दिऔँ। भन्ने मूल सन्देशका साथ आयोजकले वृक्षा रोपण कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६