ब्रेकिंग न्युज

एमाले दाङका पूर्व अध्यक्ष बस्नेतको निधन



दाङ, ११ साउन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उहाँको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो । असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गाैला रोगबाट पीडित हुनुहुन्थ्यो । दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको आचार्यले बताउनुभयो । नेता बस्नेतको शव अहिले श्रद्धाजलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उहाँको आज नै शीत्तलपुरस्थित बबई नदीको घाटमा अन्त्यष्टि गरिने बताएको छ ।

प्रकाशित : ११ श्रावण २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६