बागमती

बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल



बागमती, ११ साउन

बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका छन् । यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका हुन् । बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन् । नेपाली कांग्रेस ३६, नेपाली कम्युनिष्ट पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १२, नेपाल मज्दुर किसान पार्टी (नेमकिपा) सँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ । बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र नेकपाबीच सत्ता गठबन्धनको सहमति भए पनि बागमतीमा यी दुई दलबाट मात्र सरकार बन्ने अवस्था छैन । नेकपा (एमाले)ले सरकार गठनका लागि नेकपासहित साझेदारीको सम्भावना रहेका दलसँग निरन्तर छलफल गरिरहेको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि छलफल अघि बढाएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले बताउनुभयो । कांग्रेसले सरकार गठनका सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । –––

प्रकाशित : ११ श्रावण २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६